ट्रिपरको ठक्करबाट घटनास्थलमै ३ को मृत्यु

भक्तपुर । काभ्रे पलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रिपरको ठक्करबाट बुधबार तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

बा३ख ६६७४ नंको टिपरले बा५६प १२२७ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

याे पनि पढ्नुस  दुई वर्षकी छोरीले यसो गरेपछि गयो आमाको ज्यान

मृत्यु हुनेमा दोलखा मेलुङ–६ घर भई हाल मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली बस्ने ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, करीब ४२ वर्षीया सविता घिमिरे र १३ वर्षीय अवीन्द्र घिमिरेको मृत्यु भएको हो । तीन जनाकै शव भक्तपुर अस्पतालमा राखिएको तथा ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिइएको छ । टिपरका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । रासस

याे पनि पढ्नुस  दुई वर्षकी छोरीले यसो गरेपछि गयो आमाको ज्यान

कमेन्ट गर्नुहोस्