मन्त्री मातृका यादवको नाममा करीब ७० हजार नगद मात्रै

काठमाडौं, जेठ ९ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । जसमा मन्त्री यादवको नाममा एसबीआइै बैंकमा ६९ हजार ६९२.१४ पैसा देखाइएको छ ।

मन्त्री यादवले अन्य सम्पति श्रमती प्रमिलादेवी यादवको नाममा भएको विवरण प्रस्तुत गरेका छन् ।

ललितपुरको चापागाउँमा ३ रोपनी ४ आना १ पैसा जमिन रहेको उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ। उक्त जमिनको मूल्य १ करोड ५ लाख बराबरको हुने यादवले विवरणमा उल्लेख गरेका छन्।

यस्तो छ मन्त्री यादवले सार्वजनिक गरेको सम्पति विवरण:

कमेन्ट गर्नुहोस्