कुशल नृत्यांगना तेरियाका फरक लुक्स (फोटोफिचरहरु)

रुपन्देहीको कन्चन गाउँपालिका साबिकको रुद्रपुर गाविस सुनगाभा चोकमा वि‍‍.सं २०५९ साउन २७ मा जन्मिएकी तेरिया फौजा मगर एक कुशल नृत्यांगना हुन् ।

आफ्नो कुशल नृत्यकै कारण उनी विश्वभर चर्चामा छाउन सफल भएकी छिन् ।

तेरियाले अहिलेसम्म २० भन्दा बढी देशहरूमा नृत्य प्रस्तुत गरिसकेकी छिन् । उनले नेपाल र भारतका विभिन्न थुप्रै ठाउँहरुमा पुगी सो पनि गरेकी छन् । नेपाल र भारतका थुप्रै ठाउँहरुमा नाचेरै उनले धेरै उपाधि हात पारिसकेकी छिन्। उनलाई अहिलेसम्म लगभग ४ सय बढी संघसंस्थाले सम्मान गरिसकेका छन् ।

तेरियाले सन् २०१४ मा भारतको जी टीभीको ‘डान्स इन्डिया डान्स लिटिल मास्टर’ मा पहिलो स्थान पाएकी थिईन। त्यस्तै उनी भारतीय टेलिभिजन च्यानल कलर्स टिभीबाट प्रशारण हुने रियालिटी शो ‘झलक दिखला जा’ सिजन ९ की विजेता पनि हुन्।

हेर्नुहोस नृत्यांगना तेरिया मगरको केही झलकहरु–

कमेन्ट गर्नुहोस्