अखिल भारत नेपाली एकता मञ्चको जिल्ला सम्मेलन सम्पन्न

पञ्चकुला‌, रमेश खडका। अखिल भारत नेपाली एकता मञ्च पञ्चकुला जिल्ला समितिको आठौ द्विबार्षिक सम्मेलन भव्यरुपमा सम्पन्न भएको छ ।

‘प्रवासी नेपाली जनताको मौलिक अधिकारः स्वास्थ्य, शिक्षा स्वदेशमा रोजगार’ भन्ने मुल नाराका साथ गएको आइतबार पंचकुलाको हाउसिंगबोर्डमा सम्पन्न भएको छ ।

सम्मेलन को उदघाटन प्रमुख अथिति अखिल भारत नेपाली एकता मंच केंद्रीय सचिव तिर्थ भण्डारी ले गर्नु भएको थियो ।
सम्मेलले थम्मन बि कको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

समितिको अन्य पदाधिकारीमा उपाध्यक्ष भिम ओली र गमन के सी सचिव जगदीश परियार , सहसचिव राम कृष्ण के सी र कोषाध्यक्ष ईश्वरी साहु रहेका छन् भने अन्य सदस्य हरुमा मंगल बि क, इन्द्र के सी, राम प्रसाद बि क, चन्द्र बि क, जित बहादुर खड़का, भीम डांगी, जंग बहादुर के सी, टीका राम बस्नेत श्रीमती सुनमालि बि क र सीता बि क चयन हुनुभयो।

नब निर्वाचीत पदाधिकारी नामको घोषणा केंद्रीय सदस्य श्री कमल गिरीले गर्नु भएको थियो। सम्मेलनलाई भब्यताका साथ सम्पन्न गर्न र गराउनको लागी ठुलो संख्यामा प्रवासी नेपालीको सहयोग र उपस्थिति रहेको थियो ।

मुख्य अथिति अखिल भारत नेपाली एकता मंचका केन्द्रीय सचिब तिर्थ भण्डारीको सहभागी थियो । साथै सम्मेलनमा अखिल भारत नेपाली एकता मंचका केद्रीय सहसचिव रवि कुमार, केन्द्रीय सदस्यहरु कमल गिरी, प्रकाश स्याडा, महिला नेत्री एबं केन्द्रीय सदस्य कमला जी यम, दृष्टि सांस्कृतिक परिवारका प्रेम नेपाली लगायतका सदस्यहरुको सहभागीता थियो ।

त्यसैगरी विभिन्न जिल्लाबाट पनि अथितिको रुपमा सम्मेलनमा उपस्थित थियो साथै अखिल भारत नेपाली एकता मंच संयुक्त राज्य समिति चंडीगढ का पदाधिकारीको पनि सहभागीता थियो।

प्रमुख अतिथि तीर्थ भण्डारीले उद्घाटन मन्तव्य राख्दै सर्वप्रथम नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिनुभयो उहाँले देशको समसामयिक राजनीतिक परिवेश को बारेमा बोल्दै जेठ ३ गते भएको बाम एकता जनताको आशा अपेक्षा अनि जनचाहना अनुरुप भएको भन्दै यो ऐतिहासिक क्षणमा उपस्थिति सम्पूर्णलाई बधाई दिनु भएको थियो।

उहाँले अगाडी भन्नुभयो बाम एकतापछि नेपालमा दक्षिण एसियाको सबभन्दा ठूलो सक्तिशाली कम्युनिष्ट पार्टी बनेको र नेपालमा त्यही शक्तिशाली कम्युनिस्ट पार्टीको सरकार भएकोले देशमा जनताको चाहना अनुरुप तीव्र गतिमा विकास हुने भन्नु भयो। विगतका राजनीतिक घटनाक्रमलाई भुल्दै अब आगामी दिनहरुमा विकास समृद्धि र नयाँ नेपालको निर्माणको निम्ति लागुपर्ने पनि भन्नुभयो।

माओवादी जनयुद्ध र जनआंदोलनले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र सांस्कृतिक समुदायका जनताका बीचमा महत्वपूर्ण जागरण ल्याउने, संगठित र आन्दोलित गर्ने काम गर्‍यो र प्रतिक्रियावादी राज्य–व्यवस्थालाई कमजोर बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र पुँजीवादी जनवादी क्रान्तिलाई पूर्णता दिने महत्वपूर्ण आधार तयार गर्‍यो भन्दै यि अधिकार प्राप्तिको निम्ती पनि हामी प्रवासी नेपाली को महत्वपूर्ण योगदान भएको भन्दै हाम्रा जायज मागहरु सरकारले पुरा गरीदिनु पर्छ भन्नु भयो।

प्रवासी नेपाली सङ्घ चंडीगढ़ नगर अध्यक्ष श्री जगदीश केसीले बधाई एबं शुभकामना मंतब्य दिदै जसरी नेपालमा बाम एकता भयो तैसेगरी आज हामीहरु एउटै मंचबाट एउटै आबाज बोल्न पाउदा अति खुसी लागेको बताउदैसबै प्रवासी नेपालीलाई एउटै संगठन मा गोलबंद हुन आग्रह गर्नु भयो ।

त्यसे गरी राज्य समिति सचिब बुद्धि राम भुसाल, सदस्य जनक ओली नगर समितिका देब बहादुर राउत लगायत ले पनि शुभकामना दिनु भएको थियो।

भाईचारा संगठन मुलप्रबाह अखिल भारत नेपाली एकता समाज का नगर सचिब तेज बहादुर रोका ले पनि नव निर्वाचीत जिल्ला समितिलाई बधाई एबं शुभकामना दिनु भएको थियो।

त्यसैगरी नवनिर्वाचीत जिल्ला समितिलाई शुभकामना दिनेहरुमा केंद्रीय सह सचिब रबि कुमार, केंद्रीय सदस्य प्रकाश स्याडा, कलाकार प्रेम नेपाली महिला नेतृ कल्पना जी यम जिल्ला समिति चंडीगढ़ का नारायण बिक,रोपड बाट निर्मला सिलवाल, मोहाली बाट करण बस्याल र मंडीगोविन्दगढ़ बाट सालिक राम गैरे हुनुहुन्थियो।दृस्टि सास्कृतिक परिवारद्वारा सम्मेलन अवधिभर विभिन्न रोचक गीतसंगीत र नृत्य प्रस्तुत गरको थियो ।

थम्मन बि कको अध्यक्षता तथा राम बहादुर बुढा को सञ्चालनबाट अगाडि बढेको उक्त सम्मेलनमा अतिथिहरुको आसनग्रहण पश्चात ज्ञातअज्ञात महान् सहिदहरुप्रति एक मिनेट मौनधारण पछि रामकृष्ण ओलीको स्वागत भाषण र दृष्टि सांस्कृतिक परिवारले आफ्नो गीतसंगीतबाट हलमा उपस्थित सम्पूर्ण अथिति एबं जनसमुदायहरुलाई आफ्नो गीत संगीतले स्वागत गरेको थियो।

कमेन्ट गर्नुहोस्