एबी डिविलियर्सद्वारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर एबी डिविलियर्सले अन्तराष्ट्रीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्।

दक्षिण अफ्रिकाका पूर्वकप्तान एवं कुनैबेलाका विश्व नं १ व्याट्म्यान डिविलयर्सले ट्विटरमा भिडीयो पोष्ट गर्दै आफ्नो सन्यासको घोषणा गरेका हुन्।

‘मैले आज ठुलो निर्णय गरें। म सबै किसिमको अन्तराष्ट्रीय क्रिकेटबाट सन्यास लिंदैछु । म थाकी सकें। अब अरुले मेरो स्थान लिनुपर्छ,’ ट्वीटमा पोष्ट भिडियोमा भनिएको छ ।

याे पनि पढ्नुस  सर्वाधिक रन बनाउने मिताली राजद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

आईपीएलमा उत्कृष्ट फर्ममा रहेका ३४ बर्षिय डिविलियर्सले विश्वलाई चकित पारेका छन्। उनले भनेका छन्, ‘ १ सय १४ टेष्ट, २ सय २८ एकदिवसीय अन्तराष्ट्रिय र ७८ टि–२० अन्तराष्ट्रियपछि अरुले मेरो स्थान लिनु पर्छ। मेरो पालो थियो र इमानदारीका साथ भन्दा म थाकिसकें।’

याे पनि पढ्नुस  टेस्ट क्रिकेटः ३ म्याच खेल्ने वित्तिकै नाबीले लिए सन्यास

आफ्ना लागि यो गाह्रो निर्णय भएपनि राम्रो क्रिकेट खेलिरहेको समयमा सन्यास लिने चाहना अनुसार यस्तो निर्णय गरेका उनले बताए । भारत र अष्ट्रेलीयासँगको शृखंला बिजय पश्चात यो सही समय हो भएको उनले बताए ।

कमेन्ट गर्नुहोस्