सुचीकरणका लागि रानाथारुले गुहारे राष्ट्रपतिलाई

काठमाडौं, जेठ ९ । पश्चिम तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा बसोबास गर्ने रानाथारु समुदायले आफूहरुलाई नेपालका आादिवासी जनजाती सामुदायमा सूचीकरण गर्न माग गरेका छन् ।

बुधबार कैलाली क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य नारदमुनि रानासहितको प्रतिनिधिमण्डल शितल निवास पुगेर माग मागका बारेमा जनाकारी गराएको नेकपाका नेता एवं पूर्वसांसद कृपाराम रानाले जानकारी दिए ।

उनीहरुले २०५७ सालमा तत्कालीन सरकारले नेपालका आदिवासी जनजाती सूचीकरण गर्दा ५९ जातीलाई मात्रै गरेको र आफूहरु   उक्त सूचीमा नपरेकाले सुचीकरणसहितका विभिन्न माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार ज्ञापन पत्र बुझाएका थिए ।

आफूहरुको सामुदायिक पहिचान स्थापित गर्न सामुदायिक हकहित र सामुदायिक प्रवाहीकरणका लागि सिंगो समुदाय लामो समयदेखि संर्घषरत रहेको र २०६९ जेठ ४ गते तत्कालीन सरकारसँग ८ बुँदे सम्झौता भएपनि सो कार्यान्वयन नहँदा आफूहरु अहिलेसम्म सूचीकरणबाट बञ्चित हुनुपरेकाले आफ्ना मागका सम्बन्धमा पहल गरिदिन राष्ट्रपतिलाई अनुरोध गरिएको छ ।

कमेन्ट गर्नुहोस्