अाइपीएल खेलेर अाएका सन्दीप लामिछानेलाई २५ लाखको कार

काठमाडौं, जेठ ९ । १७ वर्षीय क्रिकेटर सन्दीप लामिछानेले २५ लाख मूल्यको कार पाएका छन् । टाटा कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै कार दिएको हो ।

सिप्रदीले सन्दीपलाई टाटा मोटर्सको टिगोर कार दिएका हो । यो कारको बजार मूल्य २५ लाख रुपैयाँ रहेको छ ।

बुधबार राजधानीमा आयोजित कार्यक्रममा सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद दाहाल, सीइओ राजनबाबु श्रेष्ठ र टाटा इन्डियाका नेपाल प्रमुख अजितनारायण सिंहले सन्दीपलाई कारको चाबी हस्तान्तरण गरे ।

सन्दीप आइपीएलको ११ औं संस्करणमा दिल्ली डेयरडेभिल्सका लागि खेलको तीन खेलमा उत्कृष्ट प्रदर्शन गरेर मंगलबार मात्रै काठमाडौ आइपुगेका हुन । आइपीएल खेले सन्दीप पहलिो नेपाली खेलाडी हुन । आइपीएलमा दिल्लीको अन्तिम खेलमा उनले मुम्बई इन्डियन्सविरुद्ध तीन विकेट लिए ।

कमेन्ट गर्नुहोस्