दुबर्इमा ‘इमानदार नेपाली नागरिक’ प्रमाणपत्रबाट कार्की सम्मानित

युएई, जेठ १० । दुबईस्थित अलसाया कम्पनी अन्तर्गत इमिरेट्स मल अलबर्षामा रहेको स्टारबक्स कफी पसलमा कार्यरत एक नेपाली इमानदार नेपालीको प्रमाणपत्रद्वारा सम्मानित भएका छन ।

रोजगारीको लागि युएई आएका झापाका मिरन कार्कीले काम गर्ने ठाउँमा भेटेको एक लाख १८ हजार अमेरिकी डलर अर्थात् नेपाली झन्डै १ करोड २८ लाख रुपैयाँ फिर्ता गरेपछि उक्त सम्मान पाएको दुबई प्रहरीले आफ्नो अफिसियल फेसबुक पेज मार्फत जानकारी दिएको छ ।

कार्कीले नगद रकम सहित पर्यटक भिसामा युएई आएका प्यालेस्टाइन नागरिकहरुको राहदानी समेत रहेको झोला स्थानीय अल बर्षा प्रहरी कार्यलय मार्फत सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेपछि उक्त सम्मान पाएका हुन ।

नगद र पासपोर्ट प्रहरीलाई बुझाएका मिरनलाई स्थानीय प्रहरीले मंगलबार सम्मान गरेको हो । स्थानीय प्रहरीलाई सहयोग गरेको भन्दै दुबई प्रहरीले इमान्दार नेपाली नागरिकको प्रमाणपत्र पनि दिएको छ । यो सम्मान युएईको राष्ट्रिय पुरस्कार सरहको रहेको दुबई प्रहरीले उल्लेख गरेको छ ।

कार्किलाइ दुवई प्रहरी अनुसन्धान शाखाका सहायक निर्देशक कर्नल मोहम्मद अकिल अहली सहितको टोलीले काम गर्ने कम्पनीमै पुगेर प्रमाणपत्र द्वारा सम्मान गरिएको प्रहरीले आफ्नो फेसबुक पेज मार्फत जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्