सुन काण्डका नाइके गोरेसँग ६ पृष्ठको बयान लिइयो, आज पनि बयान जारी,

मोरङ १० । सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग जिल्ला अदालत मोरङले बुधबार बयान लिएको छ ।

बयान लिने काम विहीबार पनि जारी रहनेछ । गोरसँग सुन तस्करी र शाक्य हत्याको पृष्ठभुमिबारे बयान लिईएको अदालत स्रोतले जनाएको छ ।

ढिलोढिलो थोरै थोरै बोल्ने गोरेसँग पहिलो दिन ६ पृष्ठको बयान लिइएको छ ।

गोरेले सुन तस्करी र शाक्य हत्या विषयमा थप रहस्य खोल्ने संकेत देखाएको स्रोतको दाबी छ ।

पहिलो दिन बुधबार लिईएको बयानले घटनाका विषयमा थप रहस्य खोल्ने सम्भावना देखाएको छ, स्रोतले भन्यो । आजको नागरिक दैनिकमा खबर प्रकाशित छ ।

कमेन्ट गर्नुहोस्