सुरेश रैना आइपिएलमा सबैभन्दा बढी रन बनाउने खेलाडी, सन्दीपले गरेका थिए आउट

नयाँ दिल्ली । भारतीय क्रिकेटर सुरेश रैनाले आइपिएलको इतिहासमा रेकर्ड स्थापित गरेका छन् । उनी आइपिएलमा सबैभन्दा बढी रन बटुल्ने खेलाडी बन्न सफल भएका हुन ।

चेन्नई सुपरकिङ्गस बाट खेल्दै आएका सुरेश रैनाले सातौं पटक फाइनलमा खेल्ने रेकर्ड पनि कायम गरेका छन् । यो सौभाग्य उनका अतिरिक्त महेन्द्रसिंह धोनीलाई मात्रै पाइएको छ । धोनी भने अन्तिम खेलमा आठौंपटक खेल्न गइरहेका छन् ।

रैनाले आइपिएलमा ४ हजार ९ सय ५३ रन बनाएका छन् । अझै उनले एउटा खेल खेल्न बाँकी छ । अबको खेलमा उनले ४७ रन मात्रै बटुल्न सके उनी ५ हजार रन बनाउने खेलाडीको रेकर्ड पनि कायम राख्न सफल हुने छन् ।

प्लेअफमा सबैभन्दा बढी रन बनाउने रेकर्ड समेत रैनाको रहेको छ । उनीपछि महेन्द्रसिंह धोनीले मात्र ४०० भन्दा बढीको अंक छुन सुकेका छन् ।
रैनाले प्लेअफमा अहिलेसम्म १८ खेल खेलेका छन् । यसमा ५०.४६ को औसत र १६९.०७ को स्ट्रइक रेटबाट उनले ६५८ रन बनाएका छन् । महेन्द्र सिंह धोनीबाहेक अन्य कुनै पनि खेलाडीले प्लेअफमा ४ सय बढी रन बनाउन सकेका छैनन् ।

उनी आइपिएलका ५ वटा सिजनमा शीर्ष ५ ब्याट्सम्यान भित्र परेका छन् ।

आइपिएलको यो सिजनमा दिल्ली डेयरडेभिल्ससँग भएको खेलमा नेपालका सन्दीप लामिछानेले सुरेश रैनालाई आउट गरेका थिए । चेन्नइ सुपरकिंग्ससँग भएको खेलमा सन्दीपको बलमा रैना क्याच आउट भएका थिए ।

यस्तो छ उनको रन तालिका

कमेन्ट गर्नुहोस्