नेपाली दूतावास मलेसियाका कर्मचारी प्रबिन प्रधान बर्खास्त

 

मलेसिया ।जेष्ठ १०, नेपाली राजदुतावास मलेसियामा सवारी चालकको रूपमा कार्यरत प्रविन प्रधान लाई दूतावासले बर्खास्त गरेको छ ।

नेपाली राजदुतावास मलेसियाको प्रशासनिक सवारी चालकको रुपमा काम गर्दै आईरहेका प्रधानले
दुतावासको कर्मचारीका हैसियतले मलेसियामा रहेकाका विभिन्न रोजगारदाता कम्पनीहरुमा गएर नेपाली कामदारहरुको माग पत्र लिने तथा दुतावासमा आएका अन्य मेनपावर व्यवसायीहरुको कागजपत्र समेत आफै प्रमाणित गरि पठाउने गरेको समाचार बाहिरीए सङ्गै दूतावासले जेष्ठ ९ गते बुधबार बाट कुनैपनि जिम्मेवारीमा नरहने गरि बर्खास्त गरेको हो ।

मलेसियामा विभिन्न कारणले अवैधानिक बनि काम गर्दै आएका नेपाली कामदारहरुसँग रकम लिएर निजहरुको नेपाल फिर्तीको लागि एक तर्फि यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) समेत बनाउने तथा अबैधानिक कामदार सङ रकम असुल गरि सेटिङमा पासपोर्ट बनाउने धन्दामा समेत सक्रिय रहेको प्रमाणित भए पछी दूतावासले एक सुचना जारी गर्दै निजलाइ जिम्मेवारी बाट बर्खास्त गरेको जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्