आज पनि बढ्यो सुनको मूल्य, कतिले बढ्यो मूल्य ?

काठमाडौं । साताको पाँचौ्र दिन बिहीबार सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार सुन प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने यथावत नै रहेको छ ।

बुधबार चाँदी प्रतितोला ७७५रुपैयाँमा कारोबार भएको थियो भने आज चाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

कमेन्ट गर्नुहोस्