रमाइलो चुट्किला : एनसेल प्रयोगकर्ताको पीडा

एउटाले एनसेलको कस्टमर केयरमा फोन गरेछ ।

एउटी केटीले फोन उठार्इः कस्टुमर केयर सेन्टरमा तपाईंलाई स्वागत छ ।

केटाः थ्यांक यु ।

एनसेल स्टाफः म तपाईंको के हेल्प गर्न सक्छु ?

केटाः म तिमीसँग बिहे गर्न सक्छु ?

एनसेल स्टाफः तपाईंले गलत नम्बर डायल गर्नुभयो ।

केटाः हाृइन मैले सही नम्बर डायल गरेको, बिहे गर्छौ मसँग

एनसेल स्टाफः मलाई बिहे गर्न कुनै इन्ट्रेस्ट छैन ।

केटाः एकचोटी सुन न साथी

केटीः नट इन्ट्रेस्टेस्ड

केटाः लभ म्यारिज भए हनिमुनमा स्वीजरल्यान्ड, एरेन्ज म्यारिज गरे पेरिस

केटीः म तपाईंसँग बिहे नै गर्न चाहदिनँ त तपाई अफर किन गर्नुहुन्छ ।

केटाः कोर्ट म्यारिजको खर्च रू. १०,००० सामान्य बिहेको खर्च रू. ३०००००

केटीः तपाई नेपाली बुझ्नुहुन्न ? मलाई बिहे नै गर्नु छैन, तपाईं खाली बिहेका कुरा गर्नुहुन्छ ?

केटाः अब थाहा भयो लेडी तिमीलाई हाम्रो पीडा ? हामीलाई कुनै इन्ट्रेस्ट नभएको अफरमा घरीघरी एसएमएस अनि कल गर्दा कस्तो हुँदो रहेछ ।

एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्