पेट मिचीमिची हासौंः कविबाट डाँका हुँदा….

एकजना प्रख्यात कवि आफ़्नो गरिबीको जिन्दगीबाट वाक्क भएर खुंखार डाँकु बनेछ । अनि बैंकभित्र छिरेर हवाइए फ़ायर गर्दै भने छ ।

भाग्यमा जे लेख्या छ तेइ हुन्छ, कोइ पनि आफ़्नो ठाउँबाट नहल्ले हुन्छ ।

खै त वाह वाह भनेको ?

सबैजना डराउँदै भएपनिः वाह वाह वाह…

अनि … को केटीलाइ बन्दुक ताक्दै …

अधुरो सपनाहरु मेरा नयनबाट निकालेर फ़ालिदेउ,
त्या … मा भएजति सब पैसा यो ब्यागमा हालिदेउ ।

मुटु छिया पारी जानेको यादमा नटोलाउनु
खबरदार१कसैले पुलिसलाइ नबोलाउनु

अनि जादा जादै फ़ेरि एक हवाइ फ़ायर गर्दै…

तिम्रो जीतको निम्ती म सदा हारिदिन्छु
कसैले मेरो पिछा गरे,ठाउको ठाऊ मारिदिन्छु

खै त वाह वाह भनेको ?
सबैजना डराउदै भएपनिः वाह वाह वाह

यत्तिकैमा पुलिस आइपुगेछ र कविको कठालोमा समाएर बाघे बजाउदै भनेछः

निष्ठुरीको यादमा म कहिलेसम्म बाच्ने हो,
खुरुक्क हिड पुलिस चौकी तेरो ढाड भाच्ने हो
….तेसपछि त कविको कविता नै बन्द भैगो नि

पुलिस पनि कवि नै पो थ्यो कि भन्ने हाम्लाइ लाइरा छ ।

एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्