Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नागढुङ्गाबाट लागूऔषधसहित दुई पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला काठमाण्डौँ नागार्जुन नपा वडा नं.१५ स्वयम्भु घर हुने वर्ष ३१ को प्रदिप खत्री र जिल्ला मनाङ नवल गाउँपालिका वडा नं.१ बस्ने वर्ष २५ को सामतेल गुरुङ्ग छन् ।

विरगञ्जबाट काठमाण्डौँतर्फ आउँदै गरेको ना.५.ख ४८९८ नं. को बस चेकजाँच गर्ने क्रममा १५० एम्पुल प्रतिबन्धित लागूऔषध सहित उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए ।

उनीहरूको साथ प्लाष्टिकको झोलामा लुगाई ल्याईरहेको अवस्थामा लागुऔषध डाईजेल्याब ५१ एम्पल, नुफिन ५० एम्पल र फेनारगन ५१ एम्पल फेला परेको प्रहरीले जनाएको छ ।

नियन्त्रित दुईलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त, थानकोटमा अनसन्धान भईरहेको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: