सरकार पाँच वर्षसम्म ढल्दैन : प्रचण्ड

काठमाडौं, जेठ १० । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले वर्तमान सरकार दुई तिहार भन्दा बढीको बहुमतको भएकाले कसैले चाहेर पनि पाँच वर्षसम्म नढल्ने बताएका छन् ।

बिहीबार राजधानीमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको १२ औं स्थापना दिवस तथा आर्थिक समृद्धि विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसले भने जस्तो नभई सरकार लोकतान्त्रिक मूल्य मान्यता अनुसार अघि बढ्ने पनि स्पष्ट पारे।

प्रचण्डले लामो समयदेखिको जनताको चाहाना विकास र समृद्धिका लागि पूरा गर्न एउटा सरकारलाई कम्तिमा पाँच वर्ष काम गर्न बाताबरण निर्माणका लागि आफूहरुले वाम एकतासहित बृहत ध्रुविकरणको प्रयास गरेको बताए ।

विकासका र समृद्धिका लागि दिगो र बलियो सरकार स्थापना गरिएको पनि स्मरण गराए। अध्यक्ष प्रचण्डले सरकार कसैले हिल्याएर नहिल्ने दावी पनि गरे।

उनले विगतमा सरकार अस्थिर भएको पीडाबोध भएपछि एमाले र माओवादी केन्द्रबीच एकीकरण गरेर सरकारलाई बलियो बनाउनु परेको पनि उल्लेख गरे। अध्यक्ष प्रचण्डले जनता र राष्ट्रको आर्थिक जीवनमा रुपान्तरण गर्न दुई पार्टीबीच एकीकरण गर्नु परेको पनि दोहोर्‍याए।

प्रचण्डले विकास, समुन्नति र सुशासनको माध्यामबाट जनताको आर्थिक जीवनमा परिवर्तन नल्याए वर्तमान सरकारका लागि ठूलो चुनौति हुने पनि उल्लेख गरे।

उनले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन अनुकूल वातावरण बनेको भन्दै त्यसलाई अवसरको रुपमा लिएर अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे। अध्यक्ष दाहालले जनताले सरकारबाट ठूलो अपेक्षा गरेको पनि बताए।

आफू र आफ्नो पार्टी जनताका सोे अपेक्षा पूरा गर्ने दिशामा निरन्तर र पूरा तागतका साथ लागेको पनि स्पष्ट पारे ।

कमेन्ट गर्नुहोस्