११ विश्वविद्यालयका राजधानीमा रहेका सम्पर्क कार्यालय खारेज

काठमाण्डौं, जेठ १० । उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेका विश्व बिद्यालयहरुको राजधानीमा रहेका सम्पर्क कार्यालय खारेज गरिएको छ ।

शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै ११ वटा विश्व विद्यालयका काठमाडौं उपत्यकाभित्र रहेका सम्पर्क कार्यालय खारेज गर्नुभएको हो ।

उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेका विश्व विद्यालयहरुले केन्द्रीय राजधानी काठमाडौं उपत्यकामा सम्पर्क कार्यालय स्थापना गरेका थिए ।

यस्ता सम्पर्क कार्यालयहरुको खास भूमिका र प्रभाव नरहेकोले सम्पर्क कार्यालय हटाउने निर्णय गरिएको शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलका निजी सचिव पुष्प ढकालले जानकारी दिनुभयो ।

ऐनमा कुनैंपनि व्यवस्था नभएकोले सम्पर्क कार्यालय तत्काल हटाउन मन्त्री पोखरेलले निर्देशन दिनुभएको ढकालले बताउनुभयो । आर्थिक मितव्ययिता र कर्मचारी व्यवस्थापनमा सहज गर्नका लागी सम्पर्क कार्यालय खारेजी गरिएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्