योे प्रदेशसभाभित्रको अधिकारको कुरा हो, मैले यसै नभनौं : प्रचण्ड

काभ्रे, जेठ १०। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले प्रदेशको राजधानी कहाँ बनाउने भन्ने प्रदेश सांसदहरुको अधिकार विषय भएको बताएका छन् । त्यसमा केन्द्रका कोही नेताले कहाँ राख्ने भन्ने अधिकार नरहको स्पष्ट पारे ।

बिहीबार दाहाल बन्धु प्रतिष्ठानले काभ्रेका नालामा गरेको कार्यक्रममा सहभागी हुन प्रचण्ड त्यहाँ पुगेका थिए । काभ्रेबाट निर्वाचित प्रदेश सांसद बसुन्धरा हुमागाईंले प्रदेश ३ को राजधानी काभ्रेमा ल्याउन पहल गर्न आग्रह प्रचण्डलाई गरेका थिए ।

कार्यक्रममा यसबारेमा नबोलेका प्रचण्डले पत्रकारको प्रश्नमा भने, ‘प्रदेश ३ को राजधानी धेरैको माग काभ्रे हो, तर प्रदेशसभाले खै के गर्छ, प्रदेशसभाभित्रको अधिकारको कुरा हो, मैले यसै नभनौं अब ।’

दाहाल बन्धु प्रतिष्ठानको कार्यक्रममा प्रचण्डले आफू दाहाल बन्धुको मात्र नभई सिंगो राष्ट्रलाई एकतावद्ध गर्ने अभियनमा रहेको बताए ।

कमेन्ट गर्नुहोस्