सन्दीपलाई पोखरामा भव्य स्वागत गरिदैं

पोखरा, जेठ १० । युवा क्रिकेटर सन्दीप लामिछानेलाई पोखरामा भव्य स्वागत गरिने भएको छ । मुक्तिनाथ लेकाली होटल प्रालिले सन्दीपले आइपीएलमा उत्कृष्ट प्रदर्शन गरेकाले सम्मान गर्न लागेको बताइएको छ ।

जेठ १२ गते पोखराको रास्ट्रबैंक चोकस्थित मुक्तिनाथ लेकाली होटलमा शनिबार साँझ ६ बजेदेखि ११ बजेसम्म विविध सांस्कृतिक कार्यक्रम गरी सन्दिप लामिछानेलाई स्वागत गरिने होटलका प्रो. प्रेम नेउपानेले एभरेष्टदैनिकलाई जानकारी दिए ।

सांस्कृतिक कार्यक्रममा राष्ट्रियसहित स्थानीय कलाकारहरुको बाक्लो उपस्थित रहने होटेलका व्यवस्थापक अनुप पाण्डेले बताए ।

कार्यक्रमका आकर्षकहरु

युवा क्रिकेटर सन्दिप लामिछाने

कलाकारहरु
राम्जी पौडेल
पार्बती जि सि
सरला पण्डे र
स्थानीय कलाकारकाे बेजोड प्रस्तुती

कमेन्ट गर्नुहोस्