मानव बेचविखनकाे अाराेपमा कुबेतमा पक्राउ परेका श्यामकुमारलाई नेपाल पठाइयो

कुबेत, जेष्ठ १० । नेपाली महिलाहरुलाई कुवेत लगेर बेचबिखन गर्ने मोष्ट वान्टेड सुचीमा रहेका श्यामकुमार लामालाई कुबेतबाट डिपोट गरि नेपाल पठाइएको छ।

मानव बेचबिखन मुद्दाका फरार अभियुत्त, सिन्धुपाल्चोकका ४८ वर्षीय लामालाई कुवेत प्रहरीको इन्टरपोल शाखाले पक्राउ गरी बिहीवार नेपाल पठाएको स्रोतले जानकारी दिएको छ।

सिन्धुपाल्चोककै प्रिति तामाङसहित दर्जनौं महिलालाई युएइ हुँदैँ कुवेत लगेर बेचेको आरोप उनलाई लागेको छ।

मानव वेचबिखन मुद्दामा २०७४ साल चैत १५ गते लामािविरुद्ध रेड कर्नर नोटिसमा जारी गरिएको थियो। कुवेत प्रहरीले पक्राउ गरी नेपाल प्रहरीसँग समन्वय गरेर उनलाई डिपोर्ट गरेको स्रोतले जानकारी दिएको छ ।

यसअघि इन्टरपोलकै सहयोगमा सोहि मुद्दामा लामाकी पत्नी मिना लामालाई कुबेत प्रहरीले पक्राउ गरि गएकाे शनिबार नेपाल पठाएको थियो।

लामो समयदेखि कुबेतमा बस्दै आएका लामा दम्पपत्तिले धेरै नेपाली महिलालार्इ कुबेत पुर्याइ बेचेको आरोप छ।

कमेन्ट गर्नुहोस्