अप्रत्याशितः अमेरिकाद्वारा उत्तर कोरियासँगको शिखर वार्ता रद्द

वाशिङ्गटन डिसी । उत्तर कोरियाले परमाणु साइटहरु बन्द गरेकै दिन अमेरिकाले बहुप्रतिक्षित शिखर वार्ता रद्द गरेको घोषणा गरेको छ ।

अमेरिका र उत्तर कोरियाबीच १२ जुनमा सिंगापुरमा शिखर वार्ता हुने कुरा तय भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो घोषणाले कोरियाली प्रायद्विपमा निरन्तर जारी रहेको संकट थप गहिरिने आशंका बढेर गएको छ ।

अमेरिकी समर्थक मिडियाहरुले उत्तर कोरियाली राष्ट्रपति किमको अभिव्यक्तिका कारण ट्रम्पले वार्ता रद्द गरेको जनाएका छन् ।

याे पनि पढ्नुस  Trump Fires national security adviser John Bolton

यसअघि उत्तर कोरियाले आफ्ना सबै परमाणु साइटहरु बन्द गरेको घोषणा गरेको थियो । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले समेत साइटहरुमा ठूलो विष्फोटको आवाज सुनिएको पुष्टि गरेको थियो । उत्तर कोरियाले साइट बन्द गर्ने कुराको पर्यवेक्षण गर्न अन्तर्राष्ट्रिय समुदायलाई खुला आमन्त्रण समेत गरेको थियो ।

तर अमेरिकाले भने उत्तर कोरियाकै कारण वार्ता रद्द गर्न परेको जनाएको छ । ट्रम्पले किमलाई पत्रलेख्दै उत्तर कोरियाको निकै कडा बिरोधको अभिव्यक्ति आएपछि वार्ता रद्द गरेका जनाएका छन् ।

याे पनि पढ्नुस  Trump Fires national security adviser John Bolton

“कोरियाले जतिखेर पनि परमाणु बमको धम्की दिने ग¥यो ।” ट्रम्पले भनेका छन्, “हामीसँग पनि उनीहरुभन्दा बढी शक्तिशाली हतियार नभएका हुन र ? म भगवानसँग प्रार्थना गर्न चाहन्छु, यी हतियार कहिल्यै प्रयोग गर्न नपरोस् ।”

शिखर वार्ता रद्द गर्ने अमेरिकाको निर्णयलाई उत्तर कोरियाले भने निकै दुखद रहेको जनाएको छ ।

याे पनि पढ्नुस  Trump Fires national security adviser John Bolton

“अमेरिकाको अप्रत्याशित निर्णय अत्यन्तै खेदपूर्ण छ ।” कोरियाली समाचार एजेन्सीलाई प्रतिक्रिया दिँदै विदेश राज्यमन्त्री किम क्ये ग्वानले भनेका छन्, “हामीले यो वार्ताको तयारीका लागि ट्रम्पले गरेका प्रयासको उच्च सम्मान गर्दै आएका थियौं ।”

उत्तर कोरियाले कुनै पनि समय, कुनै पनि तरिकाले समस्याको समाधान खोज्न तयार रहेको समेत बताएको छ ।

कमेन्ट गर्नुहोस्