Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘आजाद भिसा’ का नाममा उडेका दुई सय बढी नेपाली अलपत्र

काठमाडौं । ‘आजाद भिसा’ का नाममा उडेका झन्डै दुई सयभन्दा बढी नेपाली कामदार कतारको टोइटा सिग्नल, हिलाल, मुग्लिना, नेसनल, मुर्रा, बक्रा, मदिना खलिफालगायत स्थानमा अलपत्र परेका छन् ।

हुँदै नभएको ‘आजाद भिसा’

कानुनले ‘आजाद भिसा’ लाई चिन्दैन । कामदारलाई झुक्याउन दलाल आफैंले राखिदिएको नाम हो, आजाद भिसा । वैदेशिक रोजगारमा जाँदै नगएकालाई यो नामले लोभ्याउने गरेको छ ।

दलालले ‘रोजगार भिसा’ लाई नै आजाद भिसा को नाम दिएर ठगिरहेका छन् । यसका लागि नेपालका म्यानपावर र कतारमा खुलेका कम्पनी मिलेर कारोबार गरिरहेका छन् ।

कतारमा कम्पनीसँग मिलेर पुरुषोत्तम श्रेष्ठले इन्द्रदेवसहित २० जना कामदारको भिसा निकालिदिए । त्यसलाई वैदेशिक रोजगार कार्यालयबाट श्रमस्वीकृति निकालिदिने काम रेडियन्ट म्यानपावरले गर्‍यो ।

कतार श्रमकानुनअनुसार त्यहाँ पुगेको तीन महिनाभित्र आवासीय भिसा लगाइसक्नुपर्छ ।

जुन कम्पनीको भिसामा कतार पुगेको छ, त्यही कम्पनीले आवासीय भिसा नलगाइदिई अर्को कम्पनीमा काम गर्ने अधिकार (रिलिज) दिने कानुनी प्रावधान छ ।

दलालहरूले यही बाटो समातेर धेरै पैसा कमाउने जागिर लगाइदिने भन्दै सोझा नेपालीलाई ठगिरहेका छन् । यो समाचार आजको कान्तिपुरमा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: