बैदेशिक रोजगार मोबाइल एप्सको शुभारम्भ

काठमाडौँ, जेठ ११ । साझा सबाल मिडियाले बैदेशिक रोजगारलाई लक्षित गरि बैदेशिक रोजगार मोबाइल एप्सको शुभारम्भ गरेको छ ।

पाचौं वार्षिक उत्सबको अवसरमा साझा सबाल मिडियाले मोबाइल एप्सको शुभारम्भ गरेकाे हो ।

एप्सको शुभारम्भ कार्यक्रममा बोल्दै नेपाल बैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलानले बैदेशिक रोजगार एप्सले सहि सूचना प्रवाह गर्नेमा विश्वास लिए ।

उनले हाल बैदेशिक रोजगारका क्षेत्रका नकारात्मक समाचार मात्रै धेरै आएको भन्दै यस क्षेत्रले राष्ट्रको विकासमा पारेको सकारात्मक योगदानलाई पनि प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे ।

गेलानले हाल सरकारले बैदेशिक रोजगार मागपत्र प्रमाणीकरण कार्य दुतावासबाट हुने कार्यमा म्यानपावर व्यवसायीले सहयोग गर्न तत्पर रहेको तर दुतावासका कर्मचारी गर्ने व्यवहार र कार्यशैली परिवर्तन हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बैदेशिक रोजगार विभागका निर्देशक रामकुमार थापाले सरकारले नै भरपर्दो तरिकाले बैदेशिक रोजगारीका सूचना प्रवाह गर्नुपर्ने ठाउँमा साझा सबालले बैदेशिक रोजगार मोबाइल एप्स ल्याएकोमा धन्यवाद दिए ।

बैदेशिक रोजगारमा जान चाहने तथा विदेशमै रहेकाहरुलाई दैनिक सूचना र बिबिध जानकारी दिने उध्यस्यले ‘बैदेशिक रोजगार’ नामक मोबाइल एपको औपचारिक सुरुवात गरिएको साझा सबालले जनाएको छ छ ।

यो मोबाइल एप प्रारम्भिक चरणमा एन्ड्रोइडमा मात्र सार्वजनिक गरिएको छ ।

कमेन्ट गर्नुहोस्