वडा अध्यक्षले बनाइदिए भारतीयलाई नेपाली नागरिकता

मोरङ । कुनै देशमा बसोबास गर्ने नागरीकले अर्को देशको नागरीकता लिन पाउदैन । मापदण्ड पुगेको अवस्थामा अर्को देशको नागरीकता त्याग्यो भने मात्रै त्यो देशको नागरीकता लिन पाउछ ।

तर, मोरङको रंगेली नगरपालिका वडा नम्वर ८ का अध्यक्ष ढक प्रसाद (टंक) आचार्यले मोटो रकमको प्रलोभनमा परेर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाईदिएको रहस्यस सार्वजनिक भएको छ ।

भारतको अररीया जिल्ला घरभएका ३५ बर्षीय मोहमद मुजरफ मियाँले रंगेली वडा न ८ बाट २०७४ माघ १७ गते राज मियाँको नामबाट नेपाली नागरीकता लिएको पाईएको छ ।

मियाँले आफ्नो दाजु अनाबरुल मियालाई बाबु अवहुल सकर मियाँ को छोरा आनाबारुल मियाँलाई बुबा बनाएर नेपाली नागरिकता बनाएको प्रमाण फेला परेको स्थानीय स्रोतले बतायो ।

स्थानीयका अनुसार ससुरा अहमद सकुर मियाँलाई हजुरबा बनाएर नागरीकता प्रदान गरेको वडा कार्यालयको ढड्डामा उल्लेख रहेको छ । उनका हजुरबा बनेका मियाँ बैदेशिक रोजगारीमा गएको एक बर्ष पुगेको स्थानीय बताउँछन् ।

उनी भारतमा सन् २०१८ को विधान सभा र लोकसभा निर्वाचनको नामावलीमा मतदाता रहेका मुजफ्फर हुसेनले नेपालबाट राज मियाँको नामबाट नागरिकता लिएको पाईएको छ ।

मतदाता नामावलीमा हुसेनको यु.एक्स.बि.१३८०५१८नम्बरको परिचयपत्रमा उल्लेख रहेको छ ।उनले कुर्साकट्ट प्रखण्ड अन्तर्गत उत्क्रमित मध्य बिधालय डहुआबाडी मतदान केन्द्रबाट मतदान गर्ने गरेकोसमेत पाईएको छ ।

यता ईलाका प्रसाशन कार्यलय रंगेलीबाट ०५०२७४ ०४७६२ नम्बरको नागरिकता बनाएका छन । ईलाका बाट २०७४ साल माध १७ गते नागरिकता बनाएको र उनको जन्म मिति २०५४ साल भदौ २३ गते रहेको छ ।

यस बिषयमा उपमेयर केशकुमारी खरालले सत्य केहो छानवीन गर्ने बताईन र दोषि देखिए कारवाही गर्ने दावीगरिन् ।

कमेन्ट गर्नुहोस्