फिरौती माग्ने तिन जना प्रहरी नियन्त्रणमा

रुपन्देही, जेठ ११ । रुपन्देहीमा धम्काएर फिरौती मागेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा १५ का ४५ वर्षीय डोलेन्द्र सापकोटालाई धम्काएर रकम मागेको आरोपमा तिलोत्तमा– १४ का २५ वर्षीय प्रकाश सुनार, १९ वर्षीय विवेक गौतम र सियारी गाउँपालिका १ का १९ वर्षीय अर्जुन सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले सोपकोटालाई पटक–पटक फोन गरि पैसा नदिए छोराछोरीलाई अपहरण गर्ने र मार्ने धम्की दिने गरेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्