जनप्रतिनिधि आए तर खानेपानी अहिलेसम्म आएन

बझाङ, जेठ ११ । स्थानीय तहको चुनाव हुँदा प्रत्येक गाउँमा खानेपानीका धारा हुनेछन् । खानेपानीका लागि घरभन्दा टाढा जानु पर्ने समस्याको अन्त्य गरिने छ ।

सडक, शिक्षा, स्वास्थ्यको सर्वसशुलभ व्यवस्था जस्ता धेरै नाराहरु लिएर उम्मेदवारहरु घर–घर पुगेको वर्ष दिन भइसक्यो । चुनाव भयो । जनप्रतिनिधि आए । तर पनि खानेपानीको समस्या उस्तै छ चिरविथ्थड गाउँपालिका वडा नंबर ५ मा ।

निकै लामो समयदेखि नै चिरवित्थड गाउँपालिका–५ को तल्ला भताडाका स्थानीय बासिन्दाले कुवाको धमिलो पानी पिउँदै आएकास्थानीय बासि मञ्जु महरले बताउनुभयो ।

गाउँमा खानेपानीको धारा नहुँदा यहाँका झण्डै ३० ÷३५ परिवार गाउँ नजिकै रहेको बुढीतोला भन्ने ठाउँको फोहोर पानी पिउन बाध्य भएका छन् ।

स्थानीय राम महरका अनुसार खानेपानीको मूलसम्म पुग्न दुई घण्टासम्म समय लाग्छ । उहाँ भन्नुहुन्छ ‘कुवाबाटै पानी ओसारेर पशु चौपायालाई खुवाउनका साथै लुगा धुन तथा नुहाउन प्रयोग गर्नुपर्ने हुन्छ ।’

जनप्रतिनिधि आएको पनि एक वर्ष पुग्दा पनि चुवानमा गरेको वाचा जनप्रतिनिधिहरुले पूरा गर्न नसकेकोमा स्थानीयको दुखेसो छ

कमेन्ट गर्नुहोस्