चुट्किला पढौं, मुडफ्रेस बनाऔं : मास्टरले खाजा खाइदिँदा…

एकजना मास्टर सधैं आफ्ना विद्यार्थीले ल्याएको खाजा खार्इदिँदा रहेछन् ।

फेरि अर्को दिन अर्को विद्यार्थीले ल्याएको खाजा खार्इदिएछन् अनि भनेछन्,‘घरमा गएर सरले खाजा खाइदिनुभयो भनेर त भन्ने गरेका त छैनौ होला नि ?’

विद्यार्थीले भनेछन, ‘छैन सर, सोधे भने सबै खाजा बौलाहा कुकुरले खाइदियो भन्दिन्छौँ ।’

कमेन्ट गर्नुहोस्