आकाशियो सुनचाँदीको मूल्य

काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।

बिहीबार चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला चाँदीको मूल्य ७८० रुपैयाँमा कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्