रमाइलो चुट्किलाः आफ्नै घरमा चोरी…

एउटा घरमा राति चोरी भएछ , भोलिपल्ट प्रहरीले चोर पक्रिए छन् र घरधनीलार्इ खबर गरिदिएछन् ्र घरमुली लोग्ने मान्छे हतार हतार आएछ र आफ्ना समान पहिचान गर्नु भन्दा पनि चोरलार्इ भेट्न आतुर भएछ, प्रहरी, ‘तपाइँ आत्तिनुपर्दैन, चोरलाइ हामी कडाभन्दा कडा कारबाही गर्नेछौं ।’

घरमुलीले भनेछ– ‘कारबाहीको कुरा होइन, मलाई त यो कुरा थाहा पाउन मनलाग्यो कि मेरी स्वास्नीले सुईंकै नपाउने गरी घरभित्र कसरी छिर्यो ? यत्तिका वर्ष भइसक्यो मैले कोशिश गरेको ।’

कमेन्ट गर्नुहोस्