अभिनेत्री सोनाक्षी सिन्हाले कसरी घटाइन ३५ किलो तौल

मुम्बई, जेठ ११ । बलिउडकी चर्चित अभिनेत्री एवं टेलिभिजन प्रस्तोता सोनाक्षी सिन्हा लामो समयदेखि आफ्नो वजन घटाउने प्रयासमा लागिरहेकी छिन् जसमा उनले  ठूलाे सफलता पनि प्राप्त गरेकी छन्।

यो नयाँ लुकमा उनी अब सलमान खानको दवंग ३ मा आउनेछिन् । दुवै चलचित्रमा उनी परिवर्तित देखिन्थिन्, अब आउने दबंग ३ मा त झन् उनी पूरै बदलिएकी छन् ।

याे पनि पढ्नुस  कुनै बेला साथीसँग मागेर खान्थे यी अभिनेता, आज बलिउडमा छन् चर्चित

चलचित्रको डायरेक्टर अरबाज खान र प्रोड्युसर प्रभुदेवाले निश्चित गरेका छन् कि सोनाक्षी नै सलमान खानको साथमा मुख्य भूमिकामा हुनेछिन् । उनले अहिलेसम्म आफ्नो ३५ केजी वजन घटाइसकेकी छिन् ।

बलीउड करियरको शुरूवात गर्नु भन्दा पहिला उनको वजन ९० केजी थियो । जब उनले सन् २०१० मा सलमान खानको साथमा ‘दबंग’ चलचित्रबाट डेब्यूको मौका पाएकी थिइन् त्यसबेला उनले आफ्नो ३० केजी वजन घटाएकी थिइन् ।

याे पनि पढ्नुस  कुनै समय कङ्गाल भइसकेका अमिताभ कसरी बने बलिउडकै धनी?

कमेन्ट गर्नुहोस्