अंग्रेजहरुले ‘ह्याप्पी बर्थ डे’को प्रथा छोडेर गए, अहिलेसम्म हामी त्यसैको गुलाम छौं : अमिताभ बच्चन

उमेरले सात दशक पार गरेका चर्चित अभिनेता अमिताभ बच्चन सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनी मध्यरातिसम्म पनि सामाजिक सञ्जालमा सक्रिय रहन्छ र मनमा लागेको कुरा ट्वीट गरिहाल्छन् ।

सामाजिक सञ्जालमा उनी फिल्म क्षेत्रका विषयमा त लेख्छन् नै सामाजिक मुद्दाहरुमा पनि बेलाबखत बहस चलाउँछन् ।

हालै अमिताभले गरेको ट्विट निकै चर्चित भइरहेको छ । उनले जन्मदिन मनाउने पश्चिमा शैलीमाथि आक्रमण गरेका छन् ।

अमिताभले लेखेका छन्, ‘अंग्रेजहरुले ह्याप्पी बर्थ डेको प्रथा छोडेर गए, र, अहिलेसम्म हामी त्यसैको गुलाम छौं ।’

अर्को ट्विटमा उनले ‘ह्याप्पी बर्थ ड् टु यू’ गीतको ठाउँमा आफ्नै देशको गीत गाउनुपर्ने उल्लेख गरेका छन् । अमिताभको ट्विटलाई धेरैले समर्थन पनि गरेका छन् । एक व्यक्तिले लेखेका छन्, ‘जन्मदिनमा केक होइन, खीर पकाएर खानुपर्छ ।’ यसैगरी अर्का व्यक्तिले भजन९किर्तन गरेर जन्मदिन मनाउनुपर्ने मान्यता राखेका छन् ।

यद्यपि, अमिताभकै परिवारमा पनि अहिलेसम्म पाश्चात्य शैलीमा नै जन्मादिन मनाउने गरिएको छ । कतिपयले उनलाई पहिलो यो कुरा आफूमा लागू गर्न अनि मात्र अरुलाई उपदेश दिन सुझाएका छन् ।

कमेन्ट गर्नुहोस्