दीपिका पादुकोण र रणबीर सिंहको विवाह

लामो समयको शंकाउपशंकाका माझ अन्ततः बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको मिति करीब निश्चित भएको दाबी गरिएको छ । उनीहरुको ढिलोमा यसै वर्षभित्र विवाह हुने जानकारी दिइएको छ ।

दैनिक भाष्करका अनुसार रणवीर सिंह र अभिनेत्री दीपिकोणको विवाह आगामी १९ नोभेम्बरमा मुम्बईमा हुने दाबी गरिएको छ ।

ज्योतिषिलाई हेराएर दीपिकाको परिवारले यो मिति तय गरेको बताइएको छ । उनीहरुले एक साउथ इन्डियन ज्योतिषिलाई ग्रह नक्षेत्र हेराएका थिए । निर्धारित तिथिको बारेमा रणवीरको परिवारलाई पनि जानकारी गराइएको छ । उनीहरु पनि यसमा सहमत भएका छन् ।

दीपिका र रणवीरको बिहे साउथ इन्डियन स्टाइलमा हुने अनुमान गरिएको छ । यसका लागि रणबीरल पारम्परिक मुन्डु पोशाक लगाउने छन् । दीपकाको बेहुली पोशाक भने बलिउडका फेमस डिजाइनर सब्यसाची मुखर्जीले डिजाइन गर्ने चर्चा छ ।

बिहे मुम्बईमा नै हुने तय भए पनि विवाहस्थल भने फाइनल हुन बाँकी छ । अगष्टसम्ममा विवाहस्थलको टुंगो लाग्ने बताइएको छ । हतारमा कुनै ठाउँ बुक गर्ने मुडमा दुवै परिवार छैनन् ।

दीपिका र रणवीरले यसै वर्ष विहे गर्ने तयारी गरेको कुरा यसबाट पनि बुझ्न सकिन्छ कि उनीहरुले आफ्ना स्टाफहरुको तीन महिना (अक्टोबर, नोभेम्बर र डिसेम्बर) का लागि छुट्टी क्यान्सिल गरिदिएका छन् । रणवीर सिंह रोहित सेट्टीको निर्देशनमा बनिरहेको आगामी फिल्म ‘सिम्बा’ को सुटिङ चाँडै सिध्याउने कोशिष गरिरहेका छन् । आफ्नो बिहेको विषयमा उनले रोहितलाई जानकारी गराइसकेको बुझिएको छ ।

रणबीले अहिले कुनै नयाँ फिल्म साइन गरेका छैनन् । दीपिकाले भने हालै मात्र एउटा सुपरहिरो फिल्म साइन गरेको खबर आएको छ । त्यो फिल्मको सेड्यूल कहिले सुरु हुन्छ भन्ने चाहिँ खुलेको छैन । उनी पनि केही समयदेखि फिल्म साइन नगरी बसेकी थिइन् ।

कमेन्ट गर्नुहोस्