जेभियर इन्टरनेसनल कलेजको ‘ब्रान्ड एम्बास्डर’ बने सन्दीप लामिछाने

काठमाडौँ । युवा क्रिकेटर सन्दीप लामिछाने जेभियर इन्टरनेशनल कलेजको ‘ब्रान्ड एम्बास्डर’ अनुबन्धित भएका छन् ।

सन्दीप लामिछाने (बीचमा)को साथमा प्रमुख कार्यकारी लोकबहादुर भण्डारी (दायाँ) र कार्यकारी निर्देशक गोपाल भण्डारी ।

इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेका पहिलो नेपाली खेलाडी सन्दीप स्वदेश फर्केलगत्तै जेभियर इन्टरनेसनल कलेजले दुई वर्षका लागि अनुबन्धित गरेको हो । आईपीएलको डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेपछि चर्चित भएका सन्दीपलाई काठमाडौंमा जारी ‘कान्तिपुर हिसान शैक्षिक मेला’का क्रममा ‘ब्रान्ड एम्बास्डर’ अनुबन्ध गरिएको जेभियरका प्रमुख कार्यकारी लोकबहादुर भण्डारीले जानकारी दिए ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

भण्डारीका अनुसार क्रिकेटर लामिछानेले सद्‍भावना दूतकारुपमा जेभियर इन्टरनेसनलको स्कुल तथा कलेजको प्रबद्र्धन तथा विद्यार्थीहरुको क्षमता अभिवृद्धिमा सघाउ पुर्‍याउने छन् ।

सन् २००६ मा स्थापना भएको जेभियर इन्टरनेसनलले मन्टेश्वरीदेखि उच्च मावि स्कुल–कलेज सञ्चालन गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्