गोरेका सहयोगी पक्राउ

विराटनगर, जेठ ११ । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य ओरापी गोरे भनिने चूडामणि उप्रेतीका अर्का सहयोगीाई प्रहरीले पक्राउ गरेको छ ।

गोरेको बयानका आधारमा मोरङ उर्लाबारीका ३८ वर्षीय रेवन्तकुमार आचार्यलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बिहीबार उर्लाबारीबाट पक्राउ गरिएको हो ।

आचार्यलाई विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय राखिएको छ । मोरङ जिल्ला अदालतमा जारी बयानका क्रममा गोरेले सहयोगीका रुपमा नाम उल्लेख गरेपछि आचार्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उर्लाबारीका सुनचाँदी व्यवसायी आचार्यले सुन खोजीका क्रममा भरिया भनिएकालाई यातना दिन सहयोग गरेको प्रहरीको दावी छ । उनी तत्कालीन नेकपा एमालेका कार्यकर्ता समेत रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्