फेरि झलनाथ खनाल चीन उडे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता वरिष्ठ नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन् ।

चीनियाँ कम्युनिष्ट पार्टीको आयोजनामा कार्ल मार्क्सको २०० औं जन्मजयन्तीको अवसरमा सन्जेनमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन खनाल चीन प्रस्थान गरको हुन । उनीसँगै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ पनि चीन प्रस्थान गरेका छन् ।

उनीहरु ‘चाइना साउथर्न एयरलाइन्स’को उडानबाट चीन प्रस्थान गरेका हुन् ।

अघिल्लो साता एमाले–माओवादीको एकताका बेला पनि खनाल चीन भ्रमणमा थिए । चीन भ्रमणबाट फर्किएपछि उनले नवगठित पार्टीका मर्यादाक्रममा असन्तुष्टि जनाएको बताइएको थियो ।

कमेन्ट गर्नुहोस्