नायिका रेखालाई हेर्न ७ गाउँका गाउँले आएपछि

कोहलपुर, जेठ ११ । फिल्म सुटिङका क्रममा कोहलपुरमा रहेकी नायिका रेखा थापालाई भेट्न सात गाउँका गाउले आएपछि स्थितिलाई सम्भालन सुरक्षाकर्मीलाई समस्या परेको छ ।

नायिका रेखा थापाको निर्देशनमा बन्न लागेको सिनेमा ‘मालिका’ को सुटिङका लागि रेखा यति बेला बाँकेका कोहलपुर नगरपपालिकाको दाउन पुगेकी छिन् । अहिलेसम्म सिनेमाको करीब ५० प्रतिशत छायांकन सकिएको छ ।

बिहिबार बाँकेको कोहलपुरको दाउनमा नायिका रेखालाई छायांकन गर्न गाह्रो भयो । नायिका रेखा गाउँमा आउने सुचनामा पाएपछि छिमेकी सात गाउँका ५०० भन्दा बढी स्थानीय सुटिंग हेर्न आईपुगेका थिए ।

नायिका रेखा थापा जब गाउँमा पुगिन उनको सुरक्षाको लागी खटिएका प्रहरी उपरीक्षकसहितको टोलीलाई केही समय समस्या परेको थियो ।

रेखालाई हेर्नु बालकदेखि बृद्धसम्मको बाक्लो उपस्थिति थियो । स्थानीयसँग रेखाले केही समय दोहोरो संवाद गरेकी थिइन ।

सिनेमा मालिकामा रेखासहित नव कलाकार कमला ओली, किशोर खतिवोड़ा, घनश्याम गिरि, किरण थापा लगायतकाको मुख्य भूमिका रहेको छ ।

सिनेमामा रामशरण उप्रेतीको सिनेमाटोग्राफी, रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको दोन्द रहेको छ । सिनेमा लाई रेखा थापा प्रोडक्सनको ब्यानरमा निर्माता सरस्वति थापा र कार्यकारी निर्माता नर कार्की रहेका छन ।

कमेन्ट गर्नुहोस्