आशा तामाङ र दिपु गुल्मेलीको ‘पागल प्रेमी’ (भिडियोसहित)

काठमाडौं, जेष्ठ ११ । लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु गुल्मेलीको आवाजमा रहेको लोकन्मुख लोकभाका ‘पागल प्रेमी’ को भिडियो युट्युवबाट सार्वजनिक भएको छ ।

आशा तामाङ र मधु पाल्पालीको शब्द तथा दिपु गुल्मेलीको मौलिक लय सिर्जनामा मायामा विछोडिएका जोडीको मनको भावनालाई समेटिएको छ । आफनी प्रेमीकाको अभावमा आफू जिवनमा पागल बन्ने कुरा गायकले गरेका छन । मनमा आफना मायालुको याद पल पल आइरहने कुरा गीतमा भनिएको छ ।

सलिना म्युजिक प्रालिको प्रस्तुति रहेको यस गीतको म्यूजिक भिडियोको निर्देशन कपिल लामाले गरेका हुन् भने छायाड्ढन राजेश घिमिरे तथा सम्पादन सुजन शाहीले गरेका छन् । गीतको भिडियोमा मायालु जोडिको भुमिकामा विमल अधिकारी र सारिका के सी को अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्