ओमनमा सामूद्रिक चक्रवातको चेतावनी सजक रहन नेपाली लाई दूतावासको अनुरोध

मस्कट।जेष्ठ ११, ओमनको डोफार प्रदेश स्थित सलाला क्षेत्रमा यो हप्ता सामूद्रिक चक्रवात “मेकुनु” आउने सम्भावना रहेको भन्दै सजक रहन दूतावासले अनुरोध गरेको छ ।

ओमानका सरकारी निकायहरुबाट चक्रवात (आधी )को चेतावनी आइ सकेको हुदा सो छेत्रमा बसोबास गर्न आफ्ना नेपाली नागरिकलाई सावधानी अपनाउन दूतावासले शुक्रबार एक सुचना जारी गर्दै सचेत गराएको छ ।
बिगतका बर्षहरुमा जस्तै यसपालि पनि सामूद्रिक चक्रवातको सुरवात यसैहप्ता बाट हुन सक्न्ने जानकारी आएको हुदा उक्त समयमा कुनै समस्या परेमा दूतावासमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्