बाल गायक अशोक दर्जीको घर निर्माणका लागि मलेसियामा धमाका हुने

 

मलेसिया ।जेष्ठ १२,”मन बिनाको धन ठुलो कि धन बिनाको मन ” गित मार्फत चर्चामा आएका बाल गायक अशोक दर्जिको घर निर्माणमा सहयोग गर्न मलेसियामा २० औ फ्रेण्डशिप धमाका हुने भएको छ।

मुस्लिम धर्मावलम्बीहरु को महान चाड हरिराय को अबसर पारि सार्वजनिक बिदाको दिन मलेसियामा कार्यरत नेपाली हरुलाइ मनोरञ्जन दिने उदेश्य सहित आउदो जुन १५,१६ र १७ गते कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएका छन ।

केही समय एता देश तथा बिदेशमा बस्ने नेपाली हरुले अत्याधिक मन पराएका बाल गायक अशोक दर्जिको साथमा गायक टंक बुढाथोकी, गायिका मिना निरौला, चर्चित हास्य कलाकार दमन रुपाखेती , चर्चित हास्य कलाकार (खैरेटे) राजन चापागाईं नायिका सुप्रीया
कट्वालको साथमा स्थानीय कलाकारको समेत कार्यक्रममा बेजोड प्रस्तुती रहने आयोजक को भनाइ छ।

कार्यक्रम मलेसिया को सुङ्गाइपुलो ,इपुपेरक र पोट्केलाङ मा हुने तय भएको छ ।कार्यक्रम लाई मिडिया पार्टनरको रूपमा दर्पण नेपाल ,ओएस नेपाल , मलेसिया बाट प्रकाशित हुने हिमालय टाइम्स साप्ताहिक पत्रीका र मलाया खबर अन्लाईन मिडियाले सहयोग गर्न भएका छन।
पहिलो प्रस्तुति बाट नै सबै नेपालीको मन मुटुमा बस्न सफल भएका दर्जीको आर्थिक अवस्था अत्यन्तै कम्जोर भएको हुदा कार्यक्रम बाट सङ्कलित रकम दर्जिको घर निर्माणमा सहयोग गर्न उदेश्य रहेको भन्दै मलेसियामा कार्यरत सबै नेपालीहरुलाइ कार्यक्रममा उपस्थिति जनाउन आयोजकले अनुरोध समेत गरेका छन।

कमेन्ट गर्नुहोस्