गाईघाट–दिक्तेल सडकमा ६ महिनासम्म यातायात सेवा बन्द

उदयपुर, जेठ १२ । उदयपुरको सदरमुकाम गाईघाटदेखि छिमेकी खोटाङ सदरमुकाम दिक्तेल जोड्ने गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीमा जडित बेलिब्रिज खोलिने भएपछि गाईघाट–दिक्तेल सडकमा छ महिनाका लागि यातायात सेवा बन्द हुने भएको छ ।

छ महिनाअघि उदयपुरको फोक्सिङटार र खोटाङको लिच्कीराम्चेबीच सुनकोशीमा जडान गरिएको बेलिब्रिज सुनकोशी नदीमा वर्षायामसँगै पानीको बहाव बढ्न थालेपछि खोल्न लागिएको गाईघाट–दिक्तेल सडक कार्यालयले बताएको छ ।

आजदेखि बेलिब्रिज खोल्न लागिएकाले अब छ महिना वर्षा अवधिभरीका लागि यातायात सेवा बन्द हुने बेलिब्रिज खोल्ने जिम्मेवारी लिएका निर्माण व्यवसायी प्रेम कार्कीले बताउनुभयो ।

गाईघाट दिक्तेल सडक कार्यालय बोक्सेका प्राविधिक राजेन्द्र जोशीका अनुसार सुनकोशी नदीमा नदीको बहावमा दिनानुदिन वृद्धि हुँदै गएको र बेलिब्रिज बगाउने खतरा बढेको छ । रासस

कमेन्ट गर्नुहोस्