दोस्रो पटक हैदराबाद आइपीएलको फाइनलमा, आइतबार चेन्नइसँग भिड्ने

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत दोस्रो क्वालीफायरमा १४ रनले कोलकातालाई हराउदै सनराइजर्स हैदराबाद फाइनलमा प्रवेश गरेको छ ।

हिजो साँझ इडेन कार्डेनमा भएको खेलमा अफगानी स्टार रशिद खानको उत्कृष्ट प्रदर्शनसँगै हैदराबाद फाइनलमा प्रवेश गरेको हो । आइपीएलमा हैदराबाद दोस्रो पटक फाइनमा प्रवेश गरेको छ ।

यसअघि सन् २०१६ मा हैदराबाद फाइनल पुगेको थियो ।

हैदराबादलाई जिताउनका लागि रशिद खानको उत्कृष्ट प्रदर्शन रह्यो । उनले ब्याटिङ, बलिङ र फिल्डीङ तिन वटै क्षेत्रमा राम्रो गरे । ब्याटिङतर्फ उनले मात्र १० बलमा ४ छक्का र २ चौकासहति ३४ रन बनाए भने बलिङतर्फ तीन किकेट चट्काए ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

चार ओभर बलिङ गरेका खानले मात्र १९ रन दिए भने फिल्डिङमा दुई क्याच लिएका थिए । उनी हिजोको खेलका म्यान अफ द म्याचसमेत घोषणा भए । उनले कोलकताविरुद्ध अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरे ।

हालसम्म रशिदले यो संस्करणको आइपीएलमा १६ खेलमा २१ विकेट लिएका छन् । उनको बलिङ इकोनोमी रेट ६ दशमलब ७८ रहेको छ । हैदराबादकै बलर सिद्धार्थ कौलले पनि १६ खेलमा २१ किवेट आफ्नो खातामा लेखेका छन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले सात विकेटको क्षतीमा १७४ रन बनाएको थियो ।

हैदराबादका लागि ऋद्धिमान शाहाले ३५, शिखर धवनले ३४ तथा शकिव अल हसनले २८ रनको योगदान दिएका थिए । बलिङतर्फ कुलदीप यादवले २ विकेट लिए भने शिभम् माभी, सुनिल नराइन र पियुस चावलाले १–१ विकेट लिए ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

१७५ रनको लक्ष्य पछ्याएको कोलकाता २० ओभरमा नौ विकेट गुमाउँदै १६० रन मात्र जोड्न सफल भयो । कोलकाताका लागि क्रिश लिनले सर्वाधिक ४८ रन बनाए भने शुभ्मन गिलले ३०, सुनिल नराइनले २६ र नितिस रानाले २२ रन जोडे ।

 

कोलकाताको ब्याटिङलाई निस्तेज पार्नका लागि रसिद खानले तीन विकेट लिँदा सिद्धार्थ कौल र कार्लोस ब्राथवेटले २–२ विकेट लिए । शकिव अल हसनले पनि एक विकेट हात पारे ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

 

हिजो भएको खेलमा हैदराबादले तिन खेलाडी परिर्वतन गरेको थियो । दीपक हुडा, ऋद्धिमान साहा र खलील अहमदले हिजो स्थान पाए । मनीष पाण्डे, श्रीवत्स गोस्वामी र संदीप शर्माले हिजो खेल्न पाएनन् । खलील अहमदले पहिलो पटक आइपीएलमा डेब्यू गरेका हुन् ।

फाइनलमा हैदराबादले आइतबार चेन्नइ सुपर किङ्ससँग प्रतिस्पर्धा गर्ने छ ।

यस्तै, क्वालिफायरको अन्तिम खेलसँगै शिखर धवनले आइपीएलमा चार हजार रन पूरा गरेका छन् । आइपीएलमा सबैभन्दा बढि रन बनाउने सूचिको खेलाडीमा भने उनी छैठौ स्थानमा छन् । उनले १४२ खेलमा सो रन जोडेका हुन् ।

कमेन्ट गर्नुहोस्