Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

हिजो कोलकाताको खेल हेर्न किन स्टेडियममा आएनन् शाहरुख ?

भारतमा जारी सिजन ११ इण्डियन प्रिमियिर लिग (आइपीएल) अन्तर्गत दोस्रो क्वालीफायरमा हैदराबादले कोलकातालाई १३ रनले हरायो ।

हिजो भएको खेलमा धेरै दर्शक तथा क्रिकेटप्रेमीको नजर कोलकाताका मालिक तथा बलिउडका स्टार शाहरुख खान खोज्नमा व्यस्त थियो । तर, शाहरुख भने  खेलमा कतै झुल्केनन् ।

कोलकाताको प्रायः खेलमा दर्शकमाझ आइरहने उनी हिजोको क्वालीफायर खेलमा किन देखिएनन् ? अधिकांश खेल समर्थक तथा शाखरुखका फ्यानलाई खुल्दुली भएको छ ।

खेल कोलकाताको इडन गार्डन्स स्टेडियममा भएको थियो । यो खेल हेर्न शाहरुखको स्थानमा उनका छोरा आर्यन र पत्नी गौरी भने पुगेका थिए । शाहरुख किन खेल हेर्न पुगेनन् त ?  प्रश्न बाकि नै छ ।

किन भने शाहरुख यति बेला अमेरिकामा छन् । उनी आफ्नो फिल्म जिरोको सुटिङमा व्यस्त छन् ।

अमेरिकामा भएकाले स्टेडियममा सहभागिता जनाउन नसके पनि उनी खेलको सम्पूर्ण जानकारी भने लिइ रहेका थिए ।

खेल सकिएपछि शाखरुखले एउटा ट्वीट गरेका थिए । उनीले ट्वीटमा भनेका छन्-केकेआरले राम्रो प्रदर्शन गरेको थियो, भलै टिमले हार्यो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: