बाल्टीको पानीमा डुबेर मृत्यु

पाल्पा, जेठ १२ । बाल्टीको पानीमा डुबेर जिल्लाको रामपुर नगरपालिका–खोप्टार बस्ने तीन वर्षीय सविन थापाको आज बिहान मृत्यु भएको छ । घरपरिवार नभएको मौका छोपी खेल्दै गर्दा बाल्टीमा डुडेर मृत्यु भएको हो ।

शव अहिले रामपुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक ऐनबहादुर थापाले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्