एउटा कुकुरले टोकेर ९ जना घाइते

बाजुरा, जेठ १२ । बडीमालिका नगरपालिका–१ पिनालेखमा शनिबार बिहान बौलाहा कुकुरको टोकाइबाट नौ जना घाइते भएका छन् ।

घाइते हुनेमा बडीमालिका नगरपालिका– १ का रामचन्द्र पण्डित, पवन हमाल, दनेश हमाल, देवीदत्त पण्डित, चन्दा देवी पण्डित, प्रशान्तराज जोशी, विनिता हमाललगायत छन् । घाइते सबैको जुगाडा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

घरमा पालेको बेलायती जातको कुकुरलाई स्थानीय बौलाहा कुकुरले टोकेपछि बौलाहा भएको सो कुकुरले स्थानीयलाई टोक्दै घाइते बनाउन थालेको घाइते प्रशान्तराज जोशीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्