दलालहरुले पाउँदै गरेको कृषि अनुदानलाई असली कृषकसम्म पुऱ्याउँछौ : राज्यमन्त्री चौधरी

काठमाडौं, जेठ १२ । सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले दलालहरुले पाउदै गरेको कृषि अनुदानलाई असली कृषकमा पुर्याउने दाबी गरेकी छन् ।

महिला पाराभेटरिनरीयनहरुको राष्ट्रिय भेला राजधानकिो त्रिपुरेश्वर काठमाडौंमा कृषि ,भुमि व्यवस्था तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीले उदघाटन गर्नु भयो ।

देशभरीबाट सहभागी भएको महिला पाराभेटरीनरीहरुलाई संबोधन गर्दै राज्य मन्त्री चौधरीले स्थानीय तहको वडासम्म भेटरीनरी पुरयाउने लक्ष्य रहेको बताउनु भयो । पशु स्वास्थ मानव स्वास्थ संग जोडिएकोले सरकार यो विषयमा गम्भीर रहेको बताउनु भयो ।

कृषिमा दिने अनुदान दलालहरुको हातमा मात्रै पर्ने भएकोले असली किसानहरु निरास भएको बताउनु भयो तर अब दलालहरुको सेन्टिगेट लाई ध्वस्त पार्ने योजना बनाएकोले असलिकिसानहरु उत्साहित हुने बताउनु भयो ।

किसानहरुले समयमा रासायनिक मल नपाउदा जहिले पनि समस्या आइरहेको प्रति आफु गम्भीर रहेको र कृषि सामाग्री लि।लाई सक्रिय हुन निर्देश समेत दिएको बताउनु भयो । मलमा देखिएको अपार्दशितालाइ कडाइका साथ पार्दशी पार्ने बताउनु भयो ।

गुण र परिमाणमा कुनै सम्झौता नहुने बताउनु भयो । संविधानमा महिलालाइ ३३ प्रतिशत भनिएता पनि राजनितिक दलहरु र आफनै दलले समेत केन्द्रीय समितिमा ३३ प्रतिशत नपुर्याएको प्रती रोस्ट प्रकट गर्नु भयो ।साथै सबै महिलाहरु आफ्नो अधिकार प्रती सचेत हुनु पर्ने बताउनु भयो ।

कमेन्ट गर्नुहोस्