उत्कृष्ठ प्रहरी अवार्ड पाउने को हुन शर्मिला गुरूङ ?

खुकुरी र डण्डा क्रस लगाउँनेहरुको भिड्मा छुटै आफ्नो नामलाई समाजमा चिनाउन र अपराध र अपराधीक गतिविधिहरुको प्रत्यक्ष निगराणनी राखी आम नागरिकलाई भयमुक्त वातावारण रहन प्रहरी अहोरात्री खटेर शान्ति सुरक्षाको प्रत्याभुती गराउने प्रतिवद्धता जनाउदै सक्षम महिला प्रहरी निरिक्षकको भुमिकामा देखिएको कुशल प्रहरी निरिक्षक हुन शर्मिला गुरुङ ।

शर्मिला विगत सात महिना देखि महानगरीय प्रहरी प्रभाग वलम्वुका प्रमुख प्रहरी निरीक्षक ९इन्स्पेक्टर० जिमेवारी समाल्दै आईरहेकी छन् ।

शर्मिला गुरुङले महिला हिंसाको प्रतिकार ‘आफै’ बाट गर्नुपर्ने बताउदै आईरहेकी छन । इन्स्पेक्टर गुरुङले भनिन्न महिला हिंसाको प्रतिकार गर्न पहिले “स्वयम” बाट सुरु गरे मात्र महिला हिंसाको अन्त्य सम्भव हुन्छ।’

इन्स्पेक्टर गुरुङले अपराधलाई विभन्न किसिमका आवरण ओढाइदिने प्रवृतिले कहिलेकाही समस्यामा पार्ने गरेको अनुभव सुनाउँदै आफू स्थान विशेष संग नभइ काम संग मोह राख्ने हुदा त्यस्ता असहज परिस्थितलाई सहर्ष स्वागत गर्न आफु सधै तयार र तत्पर रहेको वताउँ छिन ।

प्रहरी निरिक्षकको कार्यशैलीले सोही कथाको पुनरावृत्ति गरेको छनक दिन्छ । खासगरी मुख्य नाका नागढुङगा वाट हुर्ने तस्करी लगायत राजधानी केन्द्रित हुन नसक्ने अपराधीक गतिविधिलाई महानगरिय प्रहरी प्रभाग वलम्वुमा उनको आगमनसँगै राजधानीमा हुने लागु औषध तस्करी, महिला हिंसा जन्य गतिविधि गुन्डाराजमा ठूलो झट्का लागेको छ ।

समाजमा महिला माथी हेर्न दृष्ट्रकोन अझै फराकिलो हुन सकिरहेको छैन । तर राजधानीमा एक मात्र महिला कार्यालय प्रमुख जुन मुख्य नाकामा रहेको छ । सुरक्षा चुनौतीलाई राजधानीमा हुर्ने तीस्करी देखि लागुऔषध, अवैध धन्दा गर्नेहरुका लागि मिसन प्वाईन्टको रुपमा रहेको स्थानमा
राजनैतिक संरक्षण पाएका टोले डनदेखि भित्रभित्रै ठगी धन्दा गर्नेहरूलाई घोक्रेठ्याँक लगाउने पुलिस अफिसर गुरुङको निजी जीवन कस्तो होला ? स्वभाविक रूपमा चासो हुन्छ ।

कार्यशैली हेर्दा ‘खरो’ लाग्ने निरिक्षक गुरुङको निजी जीवनमा भने शान्त, सौम्य र शालिन छन् । यद्यपि उनी यस्तो ठाउँमा विराजमान छन, जसलाई चारैतिर तनावले घेरेको छ । यही तनावले उनको निन्द्रा बिथोल्छ ।

मेट्रो प्रहरीले गुरुङकै नेतृत्वमा उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनहरूमा महिलामाथि हुने सेक्सुअल ह्यारेसमेन्ट नियन्त्रणका लागि सेफ्टी पिन स्ट्रिङ अपरेसन चलाएको थियो त्यसमा पनि उत्कृष्ठ कार्य सम्पादन गररे महिलाहरु माथी हुने विभेद अन्यायका विरुधमा शशक्त रुपमा आफ्नो जिम्मेवारी समालिसकेकी छन ।

यौनजन्य हिंसा नियन्त्रणका लागि स्ट्रिङ अपरेसनसँगै प्रहरीले जनचेतनालाई पनि सँगसँगै अघि बढाइरहेको छ । सोही काम कतव्य र जिम्मेवारी कुशल पुर्वक निभाएका सक्षम सवल प्रहरीहरुलाई हरेक महिना ६ जनालाई प्रदान गर्ने ‘काठमाडौं प्रहरी अवार्ड’को उत्कृष्ठ प्रहरी अवाड पाउन सफल भएकी छन् ।

शुक्रबार परिसरमा आयोजित एक समारोहकाबीच उत्कृष्ट काम गर्ने ६ जना प्रहरी अधिकारीलाई पुरस्कार दिइएको हो ।

राजधानीमा पुरस्कार पाउनेमा एक मात्र लेडिज सिङ्गम : प्रहरी निरक्षिक शर्मिला गुरुङ हुन । पुरस्कार प्राप्त गरेपछि उनी भन्छिन, “विभागबाट पुरस्कार पाउँदा थप जिम्मेवारी महशुस भएको छ, समाज रुपान्तरणमा जस्तो जुकै चुनौती आए पनि म संग वहन गर्ने क्षमता छ ।”

शर्मिला वाहेक अन्य सात जना समानित भएका छन । सम्मानीत हुनेहरुमा प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रदीपबहादुर क्षेत्री र अनुपम श्रेष्ठ, प्रहरी निरीक्षकतर्फ पुष्कर बोगटी, प्रहरी नायब निरीक्षकतर्फ टेकबहादुर कुँवर, प्रहरी सहायक निरीक्षकतर्फ शिव कट्टेल, प्रहरी हवल्दारतर्फ विक्रम लामा हालका प्रहरी सहायक निरिक्षक र प्रहरी जवानतर्फ अर्जुन सेठ्ठी छन् ।

परिसर मातहतका कार्यालयहरु मध्येबाट उत्कृष्ट कार्य प्रदर्शन गर्ने प्रहरी अधिकारी मध्ये प्रहरी नायब उपरीक्षकलाई ५० हजार, प्रहरी निरीक्षकलाई ३५ हजार, प्रहरी नायब निरीक्षकलाई २५ हजार, प्रहरी सहायक निरीक्षकलाई २० हजार, प्रहरी हवल्दारलाई १५ हजार र प्रहरी जवानलाई १० हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गर्ने यसअघि घोषणा गरिएको थियो ।सोही अनुसार उनीहरुलाई प्रमाण–पत्रसहित नगद पुरस्कारले पुरस्कृत गरिएको हो ।

पुरस्कारका लागि परिसरले नेपाल बंगलादेश बैंक लिमिटेडसँग सहकार्य गरेको थियो । यो नेपाल प्रहरीकै इतिहासमा सबैभन्दा बढी पुरस्कार राशि भएको परिसरको दाबी छ ।

कमेन्ट गर्नुहोस्