हिटलरको जस्तो उग्रवादी सोचले मुलुक चल्दैन : उपाध्यक्ष यादव

बीरगंज, जेठ १२ । नेपाल संघीय समाजवादी पार्टीको महिलाहरुको जिल्ला भेला वीरगंजमा सम्पन्न भएको छ ।

शनिबार वीरगंजको हरिओम पार्टी प्यालेसमा सम्पन्न भेलाको उद्घाटन गर्दै पार्टीका जिल्ला अध्यक्ष हरेन्द्र साह कानुले गाउँ–गाउँमा हुने महिला हिंसा, अन्याय अत्याचारलाई समाप्त पार्न महिलाहरु थप सशक्त हुनु पर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष राजकुमार यादवले सम्बोधन गर्दै नेता नाटक र नौटंकीले नभई सिद्धान्त र अग्रगामी सोचले हुने बताउदै हिटलरको जस्तै उग्र र नाजिवादी सोचले सर्वशक्तिमान बन्न सके पनि मुलुक नचल्ने दाबी गर्नुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य विनादेवी वैठा, कविता चौधरीले गाउँगाउँमा भई रहेको महिला हिंसामा राजनीतिक आवरणमा केही दलालहरु सक्रिय रहेको र अब तिनीहरुको प्रतिकारमा महिला आफै उत्रिनु पर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा पप्पु चौरसिया, बालेश्वर चौधरी, शंकर राउत अहिर लगायतले मन्तव्य व्यक्त गरेका थिए । यसैविच पार्टीका संगठित महिलाहरुको वृहत भेलाले नेपाल संघिय समाजवादी महिला जिल्ला तदर्थ समिति गठन गरेको छ ।

रैना वेगमको अध्यक्षतामा गठित तदर्थ समितिको सचिवमा अनिता कुमार चौधरी र सदस्यहरुमा अनिता देवी, राधिका देवी वैठा, पुष्पा देवी, नैनादेवी, सवारी देवी माझी, आशा देवी ब्राम्हणी, मिरा पासवानलगायत ३६ सदस्यीय रहेका छन् ।

कमेन्ट गर्नुहोस्