३०० वढि विद्यार्थीको निशुल्क आँखा जाँच

काठमाडौं, जेठ १२ । सामाजिक रूपान्तरणमा जोड दिदै आएको लायन्स क्ल्ब अफ काठमाडौं चन्द्रागिरीले तीन सय भन्दा धेरै विद्यार्थीको निशुल्क आँखा जाँच गरेको छ ।

राजधानीको पश्चिमी ग्रामीण भेग वाडभञ्ज्याङ्गमा रहेको श्री चण्डीका देवी माध्यमिक विद्यालयका करीब तीन सय भन्दा वढि विद्यार्थीको शनिबार आँखा जाँच गरिएको हो ।

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राबिधिक सहयोगमा विद्यार्थी र स्थानीयको आँखा जाँच गरिएको लायन्स क्ल्ब अफ काठमाडौँ चन्द्रागिरीका डाइरेक्टर एवं कार्यक्रम संयोजक बिमला पोख्रेलले जानकारी दिइन।

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै पास्ट डिस्ट्रिक गभर्नर लायन एमडि अग्रवालले विद्यार्थीहरूको पहिलो गुरू बुबाआमा र त्यसपश्चात स्कूलका गुरु भएको स्मरण गर्दै देश समृद्धिको एउटा अंग लायन्स क्ल्ब भएकोले भबिस्यका कर्णधारहरुको लागि यस्ता कार्यक्रमको औचित्य रहेको र भबिस्यमा यस्ता कार्यक्रमलाई लायन्स क्लब ले निरन्तरता दिने बताए ।

कार्यक्रममा वोल्दै लायन्स क्लबका जोन चेयर पर्सन सोमन पुडासैनी, महानगरीय प्रहरी वृत्त थानकोट प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले समुदाय्का सबै वर्गलाई समेटेर यस्ता कार्यक्रमहरु गर्दा सार्थक हुने औल्याएका थिए ।

कार्यक्रममा बोल्दै लायन्स क्ल्ब अफ काठमाडौँ चन्द्रागिरी अध्यक्ष मनमैया गिरीले लायन्सले बिगतमा गरेका सामाजिक गतिबिधि हरु को बारेमा चर्चा गर्दै मानबिय सेवा नै धर्म हो रोग लागेर उपचार गराउनु पूर्व गरिने यस्ता कार्यहरुले विद्यार्थीहरूको स्वास्थ्य मा सजग रहन रोकथामको लागि महत्वपुर्ण पाटो साबित हुने वताईन ।

कार्यक्रम बेबस्थापनका जिम्मेवारी पाएका सस्थाका सचिब रेशम दवाडीले ग्रामीण भेगका विद्यार्थीहरूको स्वास्थ्य सुधारका लागि संस्थाले शसत्त रूपमा कार्यक्रमहरू लैजाने प्रतिव्धता व्यत्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्