बालगृहबाट ३३ बालबालिकाको उद्दार

रुकुम, जेठ १२ । रुकुम पश्चिमस्थित एक बालगृहमा ३३ जना बालबालिकाको उद्दार गरिएको छ । अवैध तरिकाले राखिएका ती बालबालिकाको उद्दार गरिएको छ ।

जिल्लाको मुसीकोट नगरपालिका–१, बागबजारमा सञ्चालित नरसिङ हिमालय अनाथ बालगृहबाट जुम्लाका २४ र रुकुम पूर्वका ९ गरी ३३ बालबालिकाको उद्दार गरिएको हो ।

जिल्ला बाल कल्याण समिति, मुसीकोट नगरपालिका र जिल्ला प्रहरी कार्यालयको टोलीले सो बालगृहमा अवैध रुपमा राखिएका ३३ बालबालिकाको उद्दार गरेको हो ।

याे पनि पढ्नुस  तीजको व्रत बसेकी श्रीमतीलाई खुर्पाले हानी हत्या

मापदण्ड विपरीत सञ्चालन गरिएको सो बालगृहबाट बालबालिकाको उद्दार गरी परिवारको जिम्मा लगाइएको महिला तथा बालबालिका कार्यालय जुम्लाका निरीक्षक हर्क महतले बताउनुभयो । उद्दार गरिएका सबै बालबालिकालाई आफन्तको जिम्मा लगाइने निरीक्षक महतले जानकारी दिनुभयो ।

रुकुम पूर्वका ९ बालबालिका भने जिल्ला बाल कल्याण समितिका संरक्षणमा छन् । अभिभावकलाई बोलाइएको र उनीहरु आएपछि बालबालिका जिम्मा लगाइएने जिल्ला बाल कल्याण समिति रुकुम पश्चिमका बाल अधिकार अधिकृत मानवीर ओलीले बताउनुभयो । जुम्लाको पातारासी गाउँपालिकाका १ र २ नम्वर वडाका २४ बालबालिका गत बैशाख महिनादेखि सो बालगृहमा बस्दै आएका थिए ।

याे पनि पढ्नुस  तीजको व्रत बसेकी श्रीमतीलाई खुर्पाले हानी हत्या

पातारासी गाउँपालिका–१, का २० र २ नम्बर वडाका ४ जना बालबालिकालाई पठन पाठन गराउन भन्दै बालगृहले ल्याएको थियो । बालगृह सञ्चालनका न्यूनतम मापदण्ड विनै बालबालिका राखिएका कारणले बालगृहबाट बालबालिकाको उद्दार गरिएको बाल अधिकार अधिकृत ओलीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्