ओमनको सलालामा सामूद्रिक तुफान, मृत्यु हुनेको संख्या ३ पुग्यो, नेपाली सुरक्षित छन ?

मस्कट, जेष्ठ १२ । ओमनको डोफार प्रदेशस्थित सलाला क्षेत्रमा शुक्रबार रातीबाट शुरु भएको सामूद्रिक तुफान ‘मेकुनु साइकल’ का कारण अहिलेसम्म तीन जनाको मृत्यु भएको ओमन प्रहरीले जनाएको छ ।

हजारौं नेपाली कार्यरत रहेको सलाला क्षेत्रमा अहिलेसम्म नेपालीहरु सुरक्षीत रहेको ओमनस्थित नेपाली दूतावासले एक सूचनामार्फत जानकारी दिएको छ ।

यस्तै ओमनस्थित नेपाली दूतावासले सलाला छेत्रमा काम गर्न नेपालीमाथि कुनै समस्या परेमा सहयोग गर्न सजिलो होस भन्ने उदेश्यसहित दूतावासलाई २४ घन्टा खुला राख्ने र समस्यामा परेका नेपालीले दूतावासको हटलाइन नम्बर ७१५९२४९० मा तत्काल सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

ओमन सरकारका अनुसार तुफान बाट प्रभावित छेत्रमा मे २७ र २८ तारीख सरकारि तथा निजि छेत्रका सबै कार्यलय तथा कम्पनी बन्द गर्न निर्णय गरेको दूतावास द्वारा जारी सुचनामा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्